राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र बिज्ञ सदस्य नियुक्तिको लागि दरखास्त आव्हान

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र बिज्ञ सदस्य पदमा नियुक्तिको लागि दरखास्त आब्हान गरेको छ । सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त माग गरेको हो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र बिज्ञ सदस्य पदमा नियुक्तिको लागि सिफारिस सम्बन्धी मापदण्ड २०८२ अनुसार अध्यक्ष  पदको लागि लागि अर्थशास्त्र, बाणिज्य, ब्याबस्थापन, लेखा, कानून वा सहकारी बिषयमा कम्तीमा स्नाकोत्तर हासिल गरि नेपाल सरकारको राजपत्ताङ्कित बिशिष्ट श्रेणि वा सो सरहको पदमा कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय संस्था वा सहकारी संस्थामा रहि कम्तीमा पन्ध्र वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ  साथै बिज्ञ सदस्यको लागि अर्थशास्त्र, वाणिज्य, व्यवस्थापन, लेखा, कानून वा सहकारी विषयमा कम्तीमा स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तिय संस्था वा सहकारी संस्थामा रही कम्तीमा दश वर्ष कार्य अनुभव भएको हुनुपर्ने गरि योग्यता निर्धारण गरिएको छ ।

सो पदमा  आबेदन दिने ईच्छुक आबेदक नेपाली नागरिक हुनुपर्नेछ सिफारिस समितिले जनाएको छ   ।  नियुक्तको लागि आबेदन दिँदा उमेद्वारले  साठी बर्ष उमेर पुरा नभएको हुनुपर्नेछ भने नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,न्यूनतम शैक्षिक योग्यता सम्बन्धी प्रमाणपत्रको प्रतिलिपि (विदेशी शैक्षिक संस्थाको प्रमाण पत्र भए समकक्षताको प्रमाणपत्र), सम्बन्धित क्षेत्रमा एक वर्ष भन्दा बढी अवधी काम गरेको अनुभव स्पष्ट खुल्ने संस्थागत प्रमाणित कागजातहरु, सम्पर्क विवरण खुल्ने व्यक्तिगत विवरण, दरखास्त दिने अन्तिम मितिसम्म ६० बर्ष उमेर पूरा नभएको व्यहोरा खुलेको प्रमाण, हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुईप्रति दरखास्त दिने पदसँग सम्बन्धित अन्य कुनै कागजात भए सो को प्रतिलिपि,मापदण्डको अनुसूची २ बमोजिमको स्वः घोषणा, दरखास्त दस्तुर तिरेको रसीद, उम्मेदवारले दरखास्त साथ संस्थाको अवधारणा पत्र, व्यावसायिक तथा आर्थिक कार्ययोजना, चुनौती र अवसर तथा भावी रणनीतिक योजना समेत समावेश गरिएको व्यावसायिक कार्ययोजनाको तीन / तीन प्रति तयार गरी पेश गर्नु पर्नेछ ।

इच्छुक दमेद्वारले आजको १५ दिन भित्र आबेदन दिन सक्नेछन् । तोकिएको आवेदन दिने दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिनको कार्यालय समय भित्र आबेदन दिन सक्नेछन् । आबेदकले भौतिक रुपमा उपस्थित भएर राष्ट्रिय सहकारी नियमन प्राधिकरण, हरिहरभवन, पुल्चोक, ललितपुरमा आबेदन दिनु पर्नेछ ।

उम्मेदवारले दरखास्त दस्तुर वापत पाँच हजार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको राष्ट्रिय वाणिज्य बैकमा रहेको आम्दानी खाता क. २.१० को खाता नं. ११४०१००१०२१००२०१ मा बुझाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार