आज मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भाबना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पुर्बानुमान महाशाखाले जनाएको  छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका  पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली तथा तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा-हुरी सहित हल्का वर्षा हुने  सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पुर्बानुमान महाशाखाका अनुसार आगामी चौबिस घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा-हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार