काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयरको आधारमा थप १ कित्ता हकप्रद शेयर दिने प्रस्तावसहित सार्वजनिक निष्काशन शुरु गरेको हो ।
यस योजना अन्तर्गत कम्पनीले आजदेखि हालको ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी बराबरकै रकममा हकप्रद शेयर जारी गर्दैछ । कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्रीमा ल्याइएको हो ।
कम्पनीले हकप्रद प्रयोजनका लागि जेठ २ गते बुक क्लोज गरेको थियो । इच्छुक शेयरधनीहरूले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।


