काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । कम्पनीले असार २ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो।
यस अनुसार असार १ गते आईतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १ कित्ता साधारण शेयर बराबर ०.५ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।


