विपरित परिस्थितिका बावजुत आरसीबी प्लेअफमा

काठमाडौं । सुरुवाती ८ खेलबाटै प्लेटअफको यात्राबाट बाहिरिएको अनुमान गरिएको रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) अविश्वसनिय प्रदर्शन गर्दै इन्डियन प्रियिमर लिग (आईपीएल) मा शीर्ष चार भित्र अटाउन सफल भएको छ। आरसीबीले सुरुवाती ८ खेलमा एक मात्र जित हात पारेको थियो। तर बाँकी सम्पूर्ण ६ खेल जित्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो।

प्लेअफ स्थानका लागि प्रतिस्पर्धा गरिरहेको अर्को टिम चेन्नई सुपर किंग्सलाई पराजित गर्दै आरसीबीले आईपीएलमा आफ्नो यात्रा कायम राखेको हो। यस जितसँगै चेन्नईलाई रनरेटले पछि पार्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो।

गएराति भएको लिग चरणको आफ्नो अन्तिम खेलमा आरसीबीले साविकको उपाधि विजेता टोली चेन्नईलाई २७ रनले हरायो । आरसीबीलाई प्लेअफमा पुग्न कम्तीमा १८ रनको जित आवश्यक थियो ।

आरसीबीले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९१ रन मात्र बनाउन सक्यो । चेन्नईका रचिन रवीन्द्रले सर्वाधिक ६१ रन बनाए । आरसीबीका यश दयालले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली आरसीबीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय १८ रन बनाएको थियो । आरसीबीका कप्तान फाप्प डु प्लेसिसले सर्वाधिक ५४ रन बनाए । चेन्नईका शार्दुल ठाकुरले दुई विकेट लिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार