CLI

मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको कर्जा दिने क्षमता बढाइदियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ के मौद्रिक नीतिको तेस्रो समीक्षाले बैंक तथा वित्तीय संस्थाको कर्जा दिने क्षमता बढ्ने भएको छ। बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (कोर क्यापिटल) को २० प्रतिशत लगानी बिक्री गरेर आफ्नो कर्जा दिन सक्ने क्षमता बढाउन सक्नेछन्।

मौद्रिक नीतिको तेस्रो समीक्षामा लेखिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेको लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने छ।’

यस अघि बैंक तथा वित्तीय संस्थाहरुले यस्तो लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको १ प्रतिशत मात्र बिक्री गर्न पाउने सुविधा थियो।

हाल बैंकहरुको सेयर बजारमा करिब २ खर्ब रुपैयाँ लगानी रहेको छ। यस नीतिले उक्त लगानीलाई व्यवस्थापन गर्न सहज हुने वित्त विज्ञ अनलराज भट्टराई बताउँछन्।
‘यसले बैंकिङ क्षेत्रको नाफा बढाउँछ। प्राथमिक पुँजीको आवश्यकता केही हदसम्म घटाएर कर्जा दिन क्षमता बढाउँछ,’ भट्टराईले भने, ‘बैंक तथा वित्तीय संस्थामा पुँजी पर्याप्तता अुनपात कम छ।’

उदारणका लागि बैंकले १०० रुपैयाँमा १२ रुपैयाँ राखेर ८८ रुपैयाँ कर्जा दिन सक्छ। कर्जा दिन बैंकसँग उक्त १२ रुपैयाँ कम भएको छ। सेयर बजारमा भएको लगानी बिक्री गर्दा पुँजी बढ्छ र कर्जा प्रवाह गर्न सहज हुन्छ।

Leave Your Comment

Related News