सुनचाँदी व्यवसायीहरूले विरोधस्वरुप असार २७ गतेसम्म पसल बन्द गर्ने

काठमाडौं । सुनचाँदी र हीराका गरगहनामा अव्यावहारिक कर लगाएको भन्दै आन्दोलित सुनचाँदी व्यवसायीहरूले असार २२ देखि २७ गतेसम्मको संयुक्त विरोधको तालिका सार्वजनिक गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले देशभर संयुक्त विरोध कार्यक्रम गर्ने गरी यो तालिका सार्वजनिक गरेको हो ।

विरोध कार्यक्रमका क्रममा सम्बन्धित पसल तथा व्यवसाय बन्द रहने जनाइएको छ। व्यवसायीहरूले विलासिता कर खारेज नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । यसअघि नै उनीहरूले साउन १ गतेदेखि अनिश्चितकालीन पसल बन्दको घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार