CLI

हिमालयन बैंकलाई एफपीओ निष्कासनको अनुमति

काठमाडौं । हिमालयन बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न अनुमति पाएको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँको दरले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्नेछ।

आइतबार बजार बन्द हुँदा हिमालयन बैंकको सेयर मूल्य प्रतिकित्ता २२३ रुपैयाँ रहेको थियो। यस एफपीओको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल तोकिएको छ।

बैंकमा १६ कम्पनी तथा व्यक्तिहरुको ०.५ प्रतिशतभन्दा बढी सेयर लगानी रहेको छ । हाल बैंकमा सर्वसाधारणको सेयर हिस्सा २७ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणका लागि न्यूनतम ३० प्रतिशत सेयर जारी गर्नुपर्ने नियामक व्यवस्थालाई पूरा गर्नका लागि यो एफपीओ निष्कासन गर्न लागिएको हो।

यो बिक्रीबाट कुल १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको रकम प्राप्त हुनेछ । हिमालयनले गत माघ २८ गते एफपीओका लागि बोर्डमा आवेदन दिएको थियो । बोर्डले असार ८ गते आवश्यक प्रतिक्रिया पठाएपछि हिमालयले १६ गते यसको जवाफ पठाएको थियो । जवाफको ५ दिनमा बोर्डले एफपीओ अनुमति दिएको हो ।

हिमालयनले केयर रेटिङको बीबीबी (आईएस) रेटिङ पाएको थियो ।

Leave Your Comment

Related News