CLI

लगानीयोग्य रकम पर्याप्त, कृषि र एसएमई क्षेत्रमा देखिएको समस्या समाधान जरुरीः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अहिले मुलुकको अर्थतन्त्रमा लगानीका लागि पर्याप्त रकम उपलब्ध रहेको बताएका छन्। उनले अहिलेको अवस्थामा लगानीको दृष्टिले ‘बेस्ट अफ टाइम’ रहेको उल्लेख गर्दै यथाशीघ्र कृषि र साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने आवश्यकता औंल्याए।

एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले अर्थतन्त्रमा केही न केही समस्या रहेको स्वीकार गरे। उनले विशेषगरी कृषि र एसएमई क्षेत्रमा खराब कर्जा (एनपीएल) बढेकोप्रति चिन्ता व्यक्त गरे। ‘यी क्षेत्रमा समस्या समाधान नगरेसम्म समग्र आर्थिक स्थायित्वमा असर पर्न सक्छ,’ गभर्नर पौडेलले भने।

आगामी मौद्रिक नीति र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा मौद्रिक नीति तथा राजस्व नीति (फिस्कल पोलिसी) बीच समन्वय हुनुपर्ने गभर्नर पौडेलको भनाइ थियो। उनले अर्थतन्त्र सुदृढ बनाउन वित्तीय तथा मौद्रिक नीतिहरू आपसमा जोडिएर अघि बढ्नुपर्नेमा जोड दिए।

गभर्नर पौडेलले लगानी वातावरण अनुकूल रहेको अवस्थामा कृषि, उद्योग र सेवाक्षेत्रमा निजी क्षेत्रको सहभागिता अझ बढाउनुपर्ने आवश्यकता औंल्याए।

Leave Your Comment

Related News