RE
Global College

बैंकको मुद्दति निक्षेपमा बीमा कम्पनीहरुको लगानी साढे ६ खर्ब बढी

काठमाडौं । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपको गरेको लगानी पौने १३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।

चालु आर्थिक वर्षको जेठसम्म बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)ले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ६ खर्ब ५५ अर्ब ६१ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो आर्थिक वर्षको जेठसम्म बीमा कम्पनीहरुको लगानी ५ खर्ब ८१ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ थियो। पछिल्लो १ वर्षको अवधिमा बीमा कम्पनीहरुले बैंकहरुको मुद्दति निक्षेपमा गरेको लगानी १२.७५ प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा अवधिमा कर्मचारी सञ्चय कोषको मुद्दति निक्षेपका रुपमा बैंकहरुको लगानी २.४१ प्रतिशतले घटेर १ खर्ब ७२ अर्ब ६८ करोड ४० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष जेठसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ७६ अर्ब ९५ करोड २९ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी १४.९७ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब ४१ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष जेठसम्म बैंकहरुमा नागरिक लगानी कोषको १ खर्ब १४ अर्ब ३० करोड ४० लाख रुपैयाँ थियो।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म व्यक्तिगत निक्षेपको आकार पनि १२.३६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष जेठसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ३९ खर्ब १४ अर्ब १८ करोड ५४ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ४३ खर्ब ९७ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदरभन्दा १ प्रतिशतमात्र कम गरेर संस्थागत मुद्दति निक्षेपको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ।

NECO

Leave Your Comment

Related News