काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हाल कायम रहेको ३७ करोड १४ लाख रुपैयाँ चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीले सय रुपैयाँ अंकित दरले ३७ लाख १४ हजार कित्ता हकप्रद निष्काशन गर्ने सहमति भएबमोजिम १:०.६५ दरले हुन आउने २४ लाख १० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।
हकप्रदनमा साउन १५ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ । सर्वसाधारण लगानीकर्ताले लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिन सक्नेछन् । कम्पनीले कियर-एनपी बी (आईएस) रेटिङ पाएको छ ।

