काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न एक समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । याेसंगै ओझा निलम्बनमा परेका छन् ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको एक मन्त्रीले जानकारी दिए । उक्त समितिमा बीमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री रहेका ती मन्त्रीले बताए ।
सरकारले गत फागुन १२ गते ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ । सरकारले छानबिन समिति गठन गरेसँगै ओझा निलम्बनमा परेका छन् ।

