CLI

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा सह सचिव सेवन्तक पोखरेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थमन्त्रालयका सह सचिव सेवन्तक पोखरेलले पाएका छन् । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा माथि किर्ते कार्याअनुभव पेश गरेको भनि हिजो बसेको मन्त्रि परिसद्को बैठकले छानबीन समिति बनाए पछि उनी स्वत निलम्बनमा परेका कारण अर्को व्यवस्था नहुन्जेल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेलले पाएका हुन् ।

ओझाविरूद्धको छानबिन टुङ्गो नलागुञ्जेल मन्त्री परिषदले पोखरेललाइ प्राधिकरण अध्यक्षको जिम्मेवारी दिएको हो।

 

Leave Your Comment

Related News