नेपालको ३५ मुलुकसँगको व्यापार नाफामा

काठमाडौं । पछिल्लो समय नेपालले ३५ वटा मुलुकसँगको वैदेशिक व्यापारमा नाफा कमाएको छ । सबैभन्दा धेरै व्यापार नाफा डेनमार्कसँग छ । चालु आर्थिक वर्षको १० महिनामा डेनमार्कमा नेपालले ७० करोड ४४ लाख ८२ हजार रुपैयाँबराबरको निर्यात र ३१ करोड ८६ लाख ३४ हजार रुपैयाँबराबरको आयात गरेको छ । यसबाट ३८ करोड ५८ लाख ४९ हजार रुपैयाँबराबर व्यापार नाफा भएको छ ।

त्यस्तै, अफगानिस्तानसँग २६ करोड २० लाख रुपैयाँ, नर्वेसँग ११ करोड ३६ लाख रुपैयाँ र सुडानसँग तीन करोड ४४ लाख रुपैयाँ व्यापार नाफा देखिएको छ । २७ करोड ३७ लाख रुपैयाँको निर्यात गर्दा अफगानिस्तानबाट ३ करोड २१ लाख रुपौँको आयत रहेको छ । १४ करोड ५७ लाख रुपैयाँको निर्यात हुदाँ नर्वे सँग ३ करोड २१ लाख रुपैयाँको आयात रहेको छ । साथै ३ करोड ४९ लाख रुपैयाँको निर्यात हुदाँ ४ लाख ६० हजार रुपैयाँको आयात रहेको छ ।

त्यस्तै, मौरिटिनासँग , लटिभा, न्यु क्यालोडोनिया, माल्दिभ्स, आइसल्याण्ड, मौरिसस र फिज लगायतका मुलुकँसँग पनि व्यापार नाफमा रहेको छ ।
मौरिटिनासँग ३ करोड ५ लाख रुपैयाँ , लटिभा २ करोड ९० लाख रुपैयाँ, न्यु क्यालोडोनियासँग २ करोड ४७ लाख रुपैयाँ नाफा रहेको छ । त्यस्तै, माल्दिभ्ससँग २ करोड ३३ लाख रुपैयाँ, आइसल्याडसँग १ करोड ८५ लाख रुपैयाँ , मौरिसससँग १ करोड ६२ लाख रुपैयाँ र फिजीसँग १ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको छ ।

साढे दुई खर्बको पेट्रोलियम पदार्थ आयात

चालू आर्थिक वर्षको १० महिनामा २ खर्ब १७ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल १ खर्ब १५ अर्ब ६७ करोड १ लाख रुपैयाँ, पेट्रोल ५६ अर्ब ८० करोड १३ लाख रुपैयाँ, खाना पकाउने ग्यास ४६ अर्ब ९८ लाख रुपैयाँको आयात भएको छ ।

फलाम तथा स्टिल ६२ अर्ब एक करोड रुपैयाँ, मोबाइल २४ अर्ब १ करोड रुपैयाँ, सुन २२ अर्ब ७६ करोड रुपैयाँ, हवाई इन्धन १७ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ । यस्तै, भटमास १५ अर्ब २५ करोड रुपैयाँ, मल १५ अर्ब १० करोड रुपैयाँ, विद्युतीय सवारीसाधन १३ अर्ब ८७ करोड रुपैयाँ र कच्चा सनफ्लावर तेल १३ अर्ब ६३ करोड रुपैयाँको आयात भएको छ ।

नेपालबाट कार्पेट तथा टेक्सटाइल ८ अर्ब , ६ अर्ब ९१ करोड, अलैंची ६ अर्ब ९१ करोड रुपैयाँ ,फलाम तथा स्टिलजन्य सामग्री ५ अर्ब ६२ करोड रुपैयाँ, पाम तेल ५ अर्ब ६० करोड रुपैयाँ, जुस र जुसजन्य पदार्थ ५ अर्ब ६ करोड रुपैयाँको निर्यात भएको छ । यसबाहेक जुट तथा जुटका सामग्री, यार्न, चिया, पश्मिना सल, कुकुर बिरालाका आहारालगायतका सामग्री पनि निर्यात भएको छ ।

भारतसँग मात्रै ७ खर्ब ३० अर्ब व्यापार घाटा

नेपालले सबैभन्दा धेरै व्यापार गर्ने भारतसँग मात्र ७ खर्ब २९ अर्ब ७० करोड रुपैयाँ व्यापार घाटा भएको छ । भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोड ९५ लाख रुपैयाँबराबरको वस्तु आयात हुँदा नेपालबाट ८६ अर्ब २ करोड ३८ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ ।

चीनसँग व्यापार घाटा २ खर्ब ३८ अर्ब ५५ करोड रुपैयाँ छ । यस आर्थिक वर्षको १० महिनामा चीनबाट २ खर्ब ४० अर्ब ८३ करोड २३ लाख रुपैयाँको वस्तु आयात हुँदा २ अर्ब २७ करोड ४५ लाख रुपैयाँबराबरको निर्यात भएको छ ।

वैदेशिक व्यापारमा नेपालले बढी घाटा व्यहोरेका मुलुकमा संयुक्त अरब इमिरेट्स (यूएई) तेस्रो स्थानमा छ । यूएईबाट २६ अर्ब ५१ करोड ३२ लाख रुपैयाँबराबरको वस्तु अयात हुँदा २ ई अर्ब २० करोड ५४ लाख रुपैयाँबराबरको वस्तु निर्यात भएको छ । यूएईसँग व्यापार घाटा २४ अर्ब ३० करोड ७८ लाख रुपैयाँ छ ।

नेपालले बढी व्यापार घाटा व्यहोरेका मुलुकमा युक्रेन चौथो, मलेसिया पाँचौँ र अस्ट्रेलिया छैटौँ स्थानमा छन् । युक्रेनसँग व्यापार घाटा १५ अर्ब ८४ करोड रुपैयाँ, मलेसियासँग १५ अर्ब ११ करोड रुपैयाँ र अस्ट्रेलियासँग १० अर्ब ५० करोड रुपैयाँ छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार