मापदण्ड विपरित उडान गर्ने प्रभु हेलिकप्टरका क्याप्टेन ग्राउण्डेड

काठमाडौं । मापदण्ड विपरीत सगरमाथा क्याम्प २ मा हेलिकप्टर उडान गरेका प्रभुका हेलिकप्टरका वरिष्ठ क्याप्टेन सोभित गौचनलाई नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ। पर्वतारोही निर्मल पुर्जालाई उडानका लागि निषेध गरिएको सगरमाथाको क्याम्प २ मा हेलिकप्टर अवतरण गराउँदा क्याप्टेन गौचन प्राधिकरणको कारबाहीमा परेका हुन्।

आइतबार निर्मल पुर्जालाई निषेधित क्याम्प २ मा अवतरण गराइएकाले क्याप्टेनलाई ग्राउण्डेड गराइएको प्राधिकरणले जानकारी दिएको छ।

सामान्यतया बेसक्याम्पभन्दा माथि याुत्र उडान नपाइने प्रावधान छ। प्रभु हेलिकप्टरले बेस क्याम्पभन्दा माथि यात्रु लिएर गएकाले नियम उल्लंघन गरेकाले क्याप्टेनलाई ग्राउण्डेड गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

यात्रु उद्धारका लागि मात्र बेसक्याम्प भन्दा माथि उडान गर्न पाइन्छ। साथै यस घटनाको बारेमा प्राधिकरणले प्रभु हेलिकप्टरसँग स्पष्टीकरण माग गर्दै पत्रचार गरेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार