CLI

बन्दीपुर केबलकारको आइपीओमा माग भन्दा २.२५ गुणा बढी आवेदन

काठमाडौं । बन्दीपुर केबलकारले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ११ करोड ४६ लाख ५६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहीबार बिहान १०ः६ बजेसम्म ५१ हजार ७५९ जनाले ११ लाख ४६ हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.२५ गुणा बढी आवेदन हो ।

कम्पनीले साउन ६ गतेदेखि १०० रुपैयाँ अंकित दरका ५ लाख २९ हजार ४०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन बन्द छिटोमा साउन ९ गते र ढिलोमा साउन २० गते हुनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीबाटआवेदन दिन सक्नेछन्।

Leave Your Comment

Related News