हिम पर्वत हाइड्रोले आईपीओ निष्काशन गर्ने, विशेष साधारणसभा आह्वान

काठमाडौं । हिम पर्वत हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन प्रक्रियाका लागि कम्पनीले जेठ २७ गते विशेष साधारणसभा बोलाएको छ ।

उक्त सभाबाट सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित हुनेछ ।

सोही साधारणसभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा पूँजी संरचनामा परिवर्तन एवं अग्राधिकार शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्तावलाई पारित गर्ने बताइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार