काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलका ६ वटा म्युचुअल फन्डहरुको लाभांश घोषणा भएको छ । जसमध्ये, मंगलबार लक्ष्मी उन्नती कोषले २० प्रतिशत, सनराइज फर्स्ट म्युचअल फन्डले १४ र सनराइज फोकस्ड इक्विटी फन्डले १३.५० प्रतिशत लाभांश (कर सहित) घोषणा गरेको छ ।
यसअघि नै १९ प्रतिशत प्रतिफल घोषणा गरी सकेको सनराइज ब्लुचिप फन्ड र १५ प्रतिशत लाभांश घोषणा गरेको लक्ष्मी भ्याल्यू फन्ड-२ ले साउन २६ गते बुक क्लोज गर्ने भएका छन् । तर, मंगलबार लाभांश प्रस्ताव गरेका फन्डहरुको भने बुक क्लोज मिति तय हुन बाँकी छ ।
यता, लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेका सबै फन्डहरु नाफामा छन् । जसमध्ये सनराइक फर्स्ट म्यचुअल फन्डले गत असारसम्म १५ करोड ७० लाख नाफा कमाएको छ । जेठमा यसले १० करोड ४३ लाख नाफा आर्जन गरेको थियो । यस फन्डको न्याभ ११.९१ रुपैयाँ छ । यता, सूचीकृत सेयरमा ८२ करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ । भने बैंक मौज्दातमा १० करोड ६२ लाख जम्मा छ ।
सनराइक ब्लूचिप फन्डले गत असारसम्म ९ करोड ५६ लाख नाफा कमाएको छ । जेठमा यसले १ करोड ८८ लाख नाफा आर्जन गरेको थियो । फन्डको न्याभ ११.९५ रुपैयाँ छ । यता, फन्डले सूचीकृत सेयरमा १ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ । बैंक मौज्दातमा १३ करोड ४७ लाख जम्मा छ ।
यता, लक्ष्मी उन्नति कोषले गत असारसम्म १५ करोड ८१ लाख नाफा कमाएको छ । जेठमा यो कोषले १० करोड ५७ लाख नाफा आर्जन गरेको थियो । जेठमा फन्डको न्याभ १२.४६ रुपैयाँ छ । यता, कोषको सूचीकृत कम्पनीको सेयरमा ६३ करोड २८ लाख रुपैयाँ लगानी छ । बैंक मौज्दातमा ११ करोड ६२ लाख रुपैयाँ जम्मा छ ।
सनराइक फोकस्ड इक्विटी फन्डले गत असारमसान्तसम्म २० करोड ९२ लाख नाफा कमाएको छ । जेठमा यो फन्ड १३ करोड ८९ लाख नाफामा थियो । यस फन्डको न्याभ १२.१३ रुपैयाँ छ । यता, फन्डले सूचीकृत सेयरमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । बैंक मौज्दातमा १८ करोड ९३ लाख जम्मा छ ।
लक्ष्मी भ्याल्यू फन्ड-२ ले गत असारमसान्तसम्म १५ करोड ३५ लाख नाफा कमाएको छ । जेठमा यो फन्ड ९ करोड ५६ लाख नाफामा थियो । यसको न्याभ १२.१४ रुपैयाँ छ । यता, फन्डले सूचीकृत कम्पनीको सेयरमा ८४ करोड ८७ लाख रुपैयाँ लगानी गरेको छ । बैंक मौज्दातमा १२ करोड ६४ लाख जम्मा छ ।
शुभ लक्ष्मी कोषले गत असारमसान्तसम्म ७ करोड ९० लाख नाफा कमाएको छ । जेठमा यो फन्ड ४ करोड ७० लाख नाफामा थियो । यस फन्डको न्याभ १२.३८ रुपैयाँ छ । यता, फन्डले सूचीकृत सेयरमा ३७ करोड ५१ लाख रुपैयाँ लगानी गरेको छ । बैंक मौज्दातमा ७ करोड ५ लाख रुपैयाँ जम्मा छ ।
लाभांश इतिहास


