CLI

तुर्कमेनिस्तानबाट आज प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं । तुर्कमेनिस्तान, २३ साउन  । प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको आवाजामा सम्पन्न  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँदै छन् । उनी स्वेदेश फिर्ताको लागि दुबै प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका  उपप्रधानमन्त्री ले बिदाइ गरेका थिए । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११:५ बजे नेपाल आइपुग्नुहुने कार्यक्रम रहेको छ ।

Leave Your Comment

Related News