RE
Global College

कामना सेवाका ग्राहकलाई रुपन्देही सीटी डाइगोनोसीसमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले रुपन्देही सीटी डाइगोनोसीस सेन्टरमा छुट हुने भएको छ ।

बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सीटी डाइगोनोसीस सेन्टरमासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त डाइगोनोसीस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा-सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पुर्याउने उद्धेश्यले स्थापित उक्त रुपन्देही सीटी डाइगोनोसीस सेन्टरमा मा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

NECO

Leave Your Comment

Related News