बैंकिङ कसुर सम्वन्धी अपराध बढ्दै, ६ हजार नाघ्यो मुद्धाको संख्या

काठमाडौं । अर्थतन्त्र बिग्रोदो अवस्थाले गर्दा पछिल्लो समयमा बैंकिङ कसुर सम्वन्धी अपराधहरु बढेको छ ।

काठमाडौं जिल्लामा मात्र पछिल्लो एक बर्षमा बैंकिङ कसुर सम्वन्धी ६ हजार ५५३ वटा मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन आर्थिक बर्ष २०८१/८२ मा धेरै दर्ता भएका १० वटा मुख्य मुद्धाहरुको सुची सार्वजनिक गर्दे त्यो सुचीमा बैंकिङ कसुर सम्वन्धी मुद्धा दर्ता पहिलो स्थानमा परेको हो ।

परिसरका अनुसार गत आवमा कुल १२ हजार ९३५ वटा मुद्धा दर्ता हुँदा बैंकिङ सम्वन्धी मुद्धा दर्ता संख्या मात्र छ हजार माथि पुगेको हो । यस अवधिमा प्रतिदिन औषतमा ३५ वटा मुद्धा दर्ता हुने गरेको परिसरले जानकारी दिएको छ । अघिल्लो आव २०८०÷८१ मा बैंकिङ कसुरसम्वन्धी ५ हजार ७०१ वटा मुद्धा दर्ता भएको थियो ।

गत आव २०८१/८२ को असार मसान्तसम्ममा बैंकिङ कसुर बाहेक अभद्र व्यवहार सम्वन्धी १ हजार ९५३, चोरी अन्र्तगत ९५१, ठगी अन्र्तगत ७४५, लागुऔषध अन्र्तगत ४३१, आत्महत्या सम्वन्धी ३३२, जर्वरजस्ती करणी सम्वन्धी २४४, ज्यान मार्ने उद्योग सम्वन्धी १४०, सवारी व्याज सम्वन्धी एक सय र सवारी अंगभंग सम्वन्धी ७४ वटा मुद्धा दर्ता भएको परिसरले जानकारी दिएको छ ।

परिसरका अनुसार नविनतम अपराधकोरुपमा बैंकिङ कसुर सम्वन्धी अपराध निरन्तर बढीरहेको छ । आव २०७७/७८ मा बैंकिङ कसुर सम्वन्धी १ हजार ७४१ वटा मुद्धा दर्ता हुँदा आव २०७९/७९ मा यो संख्या बढेर ३ हजार ७१५ पुगेको छ । आव २०७९/८० मा पनि बैंकिङ कसुर सम्वन्धी अपराध बढेर ७ हजार १०१ पुगेकोमा आव २०८०/८१ मा यस्तो अपराधको संख्या घटेर ५ हजार ७०१ एकमा झरेको थियो । तर अहिले अर्थात पछिल्लो आव २०८१÷८२ मा भने यस्तो अपराधको संख्या बढेर ६ हजार ५५३ पुगेको छ ।

पछिल्लो अवधिमा नविनतम आर्थिक अपराध अन्र्तगत सहकारी ठगी, अनुचित लेनदेन, बिद्युतीय कसुर साईवर अपराध, नेपाल राष्ट्र बैंक ऐन (हुण्डी) र अभौतिक मुद्रा सम्वन्धी सम्वन्धी कसुरकोको संख्या पनि बढ्दै गएको देखिएको छ । परिसरका अनुसार आव २०८१/८२ यि शिर्षकमा मात्र क्रमशः ३२, ३०, २३, १८ र १२ वटा मुद्धा दर्ता भएका छन् ।

प्रहरीका अनुसार पछिल्लो समय लेनदेन विवाद देखि चेक बाउन्स लगायतका गतिविधिका कारण बैंकिङ कसुरका घटनाहरु बढेका हुन् । चेक बाउन्स थोरै रकम देखि लिएर ठूलो रकम सम्म हुने गर्छ । तर पछिल्लो समय चेक बाउन्सको उजुरी समेत धेरै आउने गरेको प्रहरी अधिकारीहरुको भनाई छ ।

कोभिड–१९ महामारी यता ओरालो लागेको नेपालको अर्थतन्त्र उठ्न नसक्दा बैंक तथा वित्तीय संस्था समेत प्रभावित बन्न पुगेको छ । कोभिड पछि विभिन्न मुलुकमा भएको द्धन्द्ध र मुलुकका विभिन्न स्थानमा परेको प्राकृतिको प्रकोपका कारण अर्थतन्त्र प्रभाविन बन्न पुग्र्दा वित्तीय क्षेत्रमा सुशासन कायम हुन नसकेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार