काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य उपचारमा निश्चित छुटको व्यवस्था गरिएको छ ।
एन आई सी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलआइड साइन्स (एएनआइएएस) र बैंकबीच सम्झौता समेत सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको अन्नपूर्ण न्यूरो हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरि डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।
बैंकका ग्राहक महानुभावहरुले ‘इन हाउस प्याथोलोजी, आउटसोर्सिङ टेष्ट, रेडियोलोजी, एम्बुलेन्स, जर्नल बेड चार्ज, इन्टेनशिभ केयर युनिट र सर्जरी चार्ज’ सेवामा १० प्रतिशतको छुट सुविधा लिन सक्नेछन् ।
उक्त अस्पतालसँगको यस सहकार्यले बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

