काठमाडौं । प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनी, व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले लक्ष्मी सन्राईज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाण्डौं, मार्फत शिलबन्दी बोलकबोल गर्नु पर्नेछ । शिलबन्दी बोलकबोलमा भाग लिने सेयर खरिदकर्ताले २०८१/०२/१६ गते देखी २०८१/०३ /१८ गते ३ बजे सम्म आबेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न चाहने खरिदकर्ताले बोलपत्र आवेदन फाराम रु. १००/- (एक सय) नगद भुक्तानी गरी लक्ष्मी सनराईज क्यापिटल लि., कमलपोखरी काठमाडौंबाट बाट लिनु पर्नेछ ।
बोलकबोलमा भाग लिँदा आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ ।
बोलकबोलवालाले बोलकबोलमा आफ्नो नाम, ठेगाना, हितग्राही खाता नं., आफ्नो खाता रहेको बैंकको नाम र खाता न., टेलिफोन नम्बर लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ