काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीहरुलाई अमेरिकी डलर सटहीमा थप सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त जानकारी दिएको हो ।
राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको समीसम्म सहटी सुविधा प्रदान गरेको जनाएको छ । संशोधित व्यवस्था अनुरुप चाँदी आयातमा भुक्तानीको सीमा खण्ड (क) बमोजिम सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चांदी आयात गर्दा प्रति पटक अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ । त्यस्तै अन्य सुनचादी व्यवसायीले चांँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर १ लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ ।
राष्ट्र बैंकका अनुसार हाल विद्यमान व्यवस्था चांदी आयातमा भुक्तानीको सीमा खण्ड (क) बमोजिम सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चांँदी आयात प्रति पटक अमेरिकी डलर तीन लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ ।
अन्य सुनचाँदी व्यवसायीले चाँंदी आयात गर्दा प्रति पटक अमेरिकी डलर १ लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ ।


