नेप्से बढ्दा १ अर्ब ५५ करोडले घट्यो कारोबार रकम

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार बढेको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६६ अंकले बढेर ४७५.३३ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स ०.६६ अंकले र सेन्सेटिभ इन्डेक्स ०.६४ अंकले घटेको हो ।

सोमबार ३२० वटा कम्पनीको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब १७ करोड ९८ लाख पुगेको छ । जुन आइतबारको तुलनामा १ अर्ब ५५ करोड ५३ लाखले कम हो । आइतबार ३१७ वटा कम्पनीको २ करोड ५ लाख १३ हजार ६२५ कित्ता खरीद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ७३ करोड ५१ लाख पुगेको थियो ।

यसदिन बजार पुँजीकरण रकम ४६ खर्ब २६ अर्ब २६ करोड १४ लाख रहेको छ ।

बिहीबार १७५ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा ७४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन सम्पूर्ण ११ वटा समूह बढ्दा २ वटा समूह घटेको छ । वाणिज्य बैंक ३, विकास बैंक १८, वित्त २, होटल पर्यटन १७, जलविद्युत ३५, लगानी ०.४८, जीवन बीमा ४३, उत्पादन र प्रशोधन ३८, लघुवित्त ५, निर्जीवन बीमा ४७, व्यापार ५३ अंकले बढ्दा म्युअुचल फण्ड ०.१० र अन्य समूह १५ अंकले घटेको हो ।

यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स कम्पनी , बुटवल पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कालिका पावर कम्पनी र हिमालयन डिष्ट्रलरी लिमिटेड रह्यो । नेपाल रिइन्स्योरेन्स कम्पनीको २१ करोड ७५ लाख , बुटवल पावर कम्पनीको २० करोड ९५ लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १८ करोड ७५ लाख, कालिका पावर कम्पनीको १८ करोड ५ लाख र हिमालयन डिष्ट्रलरी लिमिटेडको १७ करोड ६६ लाख बराबर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार