एन आई सी एशिया बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट पाउने

काठमाडौं । एन आई सी एशिया बैंक ग्राहकले ब्रोडब्याण्ड इन्टरनेट सेवा लिएमा छुट  पाउने भएका छन् । छुट दिने गसम्बन्धमा स्काइ ब्रोडब्याण्ड प्रा.लि. र एन आई सी एशिया बैंक बीच सम्झौता भएको  बैङ्कले जनाएको छ   । ययो  समझदारीले बैंकका ग्राहकले स्काइ ब्रोडब्याण्ड प्रा.लि.को इन्टरनेट सेवा लिई डिजिटल भुक्तानी गर्दा  ५ सय छुट पाउने बताएको छ ।

बैंकका ग्राहकले  स्काइ ब्रोडब्याण्डको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेटको नयाँ सेवा लिँदा वा नवीकरण गर्दा वार्षिक शुल्कमा १ हजार ५ सय  प्राप्त गर्न सक्नेछन् ।

यो सुबिधा प्राप्त गर्न  ग्राहकले एन आई सी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक  (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । स्काइ ब्रोडब्याण्डसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई इन्टरनेट प्रयोगमा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार