जग्गा विकास तथा भवन निर्माणमा क्षेत्रमा गएको कर्जा पुर्नतालिकिकरण हुने

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित क्षेत्रमा लगानी भएको कर्जाको १० प्रतिशत असुल उपर भएमा कर्जा  पुर्नतालिकिरण हुने ब्यबस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कले २०८२ भदौ ८ गते  राष्ट्र बैङ्कबाट अनुमित प्राप्त क, ख र ग बर्गका बैङ्क तथा बित्तिय संस्थालई एकिकृत परिपत्र  जारी गर्दै यस्तो ब्यबस्था गरेको हो । नेपाल राष्ट्र बैङकले जारी गरेको परिपत्र अनुसार नेपाल सरकारबाट स्वीकृति प्राप्त निकायमा दर्ता भई सञ्चालनमा रहेका जग्गा विकास तथा भवन निर्माणसँग सम्बन्धित फर्म/कम्पनीलाई प्रवाहित कर्जाको हकमा ऋणीको अनुरोधमा संशोधित व्यावसायिक योजना तथा नगदप्रवाह लगायतका पक्षहरुको विश्लेषणसहित बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरेमा आवश्यकता र औचित्यको आधारमा देहायका शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण र / वा पुनरसंरचना गर्न सकिने ब्याबस्था  गरेको छ ।

ऋणिले  यस्तो पुनरतालिकीकरण र / वा पुनरसंरचना २०८२ असोज मसान्तभित्र गरिसक्नु पर्नेछ । बैङक तथा बित्ति संस्थालके यस्तो कर्जा पुनरतालिकीकरण र / वा पुनरसंरचना गरिएको कर्जालाई २०८१ चैत मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण सोहि बमोजिम गर्नि पर्ने छ ।

पुनरतालिकीकरण र / वा पुनरसंरचना अघि गरिएको कर्जा नोक्सानी व्यवस्था write back गर्न नपाइने  व्यवस्था गरेको छ  ।

बैङ्क तथा बित्तिय संस्थाले यस्तो कर्जा पुनरतालिकीकरण  गर्दा जग्गा विकास तथा भवन निर्माण कार्यको अनुमतिका लागि सम्बन्धित निकायमा पेश गरेको प्रमाणसमेत लिनुपर्नै ब्यबस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार