CLI

बीमा प्राधिकरणकाे अध्यक्ष नियुक्तिकाे लागि आवेदन माग

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष  नियुक्तिको लागि गठित सिफारिस समितिले  अध्यक्षकाे लागि  आवेदन माग गरेकाे छ  ।
बीमा समितिका अध्यक्ष शरद ओझालाई सरकारले बर्खास्त गरेपश्चात मन्त्रिपरषद बैठकले बीमा समितिकाे अध्यक्ष छनाैटकाे लागि  याेजना  आयाेगका उपाध्क्षकाे संयाेजकत्वमा ती सदस्यीय  सिफारिस समिति गठन गरेकाे थियाे । उक्त  सिफारिस समितिले  अध्यक्ष नियुक्तिको लागि  जारी गरेको  सुचना अनुसार नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने उल्लेख छ ।  बीमा प्राधिकरणकाे अध्यक्षमा नियुत्त हुन  इच्छुक नेपाली नागरिकले आजको  ७ दिन भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आफ्नाे आवेदन पेश गर्नु पर्नेछ ।
प्राधिकरणकाे अध्यक्ष पदमा नियुक्त हुन  बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) (क) बमोजिम बीमा, मौद्रिक, बैङ्किङ्ग, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तिमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने भनी ताेकिएकाे छ ।

त्यसैगरि उच्च नैतिक चरित्र भएको,तीस वर्ष उमेर पूरा भई पैसट्टी वर्ष उमेर ननाघेकोहुनु पर्नेछ ।याेगकाे अध्यक्ष बन्न इच्छुक उमेद्वार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरात्तात्विक बस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको,प्रचलित कानून बमोजिम कालो सूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको, कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको, कार्यकारी प्रमुखका हकमा सार्वजनिक निकायको कुनै ठेक्का पट्टा सम्झौता गरी काम गरिरहेको, मानसिक सन्तुलन ठीक नभएको ब्यक्ति अयाेग्य हुने सुचनामा उल्लेख छ ।

ईच्छु‍क उमेद्वारले आफुले पेश गरेका कागजात  तथा विवरणहरू आवेदक स्वयम्‌ले प्रमाणित गरी २ प्रति पासपोर्ट साइजको फोटो समेत संलन गरि साथै  व्यावसायिक कार्ययोजना चार प्रति खामबन्दी गरी पेश गर्नु पर्नेछ।
प्राप्त आवेदन मध्ये सिफारिस समितिले याेग्यता,ब्यवसायिक कार्ययाेजनाकाे आधारमा तीन जना उमेद्वारलाई बीमा प्राधिकरणकाे अध्यक्षकाे लागि सिफारिस गर्नेछ । प्राप्त तीन मध्ये मन्त्रि परिषदले एकजनालाइ अध्यक्ष नियुक्त गर्नेछ ।

यस अघि गत बर्ष माघमा पनि यहि सरकारले बीमा प्राधिकरणकाे अध्यक्ष्य नियुक्त गरेकाे थियाे । तात्कालिक नियुक्त अध्यक्षलाइ कार्यअनुभवकाे कागजात फर्जी पेश गरेकाे भनी पुर्व न्यायाधिसकाे संयाेजक्त्वमा गठित छानबीन समितिकाे प्रतिवेदनकाे आधारमा बर्खास्त गरेकाे थियाे ।

Leave Your Comment

Related News