RE
Global College

सम्पत्ति शुद्धीकरणमा सीआईटी र ईपीएफका लागि नयाँ व्यवस्था, नियम मिचे ५ करोडसम्म जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक लगानी कोष (सीआईटी) र कर्मचारी सञ्चय कोष (ईपीएफ)का लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ व्यवस्था जारी गरेको छ। यो व्यवस्था कार्यान्वयन गर्न दुवै निकायलाई राष्ट्र बैंकले निर्देशन पनि दिएको छ।

नयाँ व्यवस्थामा नीति तथा कार्यविधि, ग्राहक पहिचान तथा सम्पुष्टि, सूचीकृत व्यक्ति पहिचान, उच्च पदस्थ व्यक्ति पहिचान, वास्तविक धनी पहिचान, सरलीकृत ग्राहक पहिचान, वृहत ग्राहक पहिचान, जोखिम व्यवस्थापन लागयतको जिम्मेवारी राष्ट्र बैंकले सीआईटी र ईपीएफलाई दिएको छ।

यस व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्ने संस्था र त्यस्तो संस्थाका कर्मचारी तथा पदाधिकारीलाई सम्पत्ति शुद्धीकरण ऐन बमोजिम ५ करोड रुपैयाँसम्मको जरिवाना गरिनेछ।

NECO

Leave Your Comment

Related News