CLI

कोशी , बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमा महाशाखाले जनाएको छ ।  लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

 

Leave Your Comment

Related News