नेपाल हाइड्रोको २ लाख ३५ हजार बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल हाइडो डेभलोपर लिमिटेड (एनएचडीएल) को बोनस सेयर बापतको करिब साढे २ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पीको बोनस सेयर बापतको २ लाख ३५ हजार १ सय ४८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त सेयर हितग्राहीको खातामा आए पश्चयात दोस्रो बेजारमा कारोबार गर्न पाउने छ । उक्त बोनस सेयर कम्पनीको २०८० पुस १२ गते लिसारा रिसेप्सन्स, नक्साल, काठमाण्डौंमा सम्पन्न भएको साधारण सभाबाट पारित भएको थियो ।

सुचीकृत बोनस सेयर साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहेका सेयरधनीले पाउनेछन् । साधारण सभाका लागि कम्पनीले मंसिर २५ गते बुकक्लोज गरेको थियो । बुकक्लोजको अघिल्लो कारोबार दिन अनुसार मंसिर २४ गतेसम्म कायम सेयरधनीले मात्रै बोनस पाउनेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार