काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि पदबाट राजीनामा दिएका छन्।
पौडेलको सचिवालयका अनुसार उनले केही बेरअघि मन्त्री पदबाट राजीनामा दिएका हुन्।
सचिवालयले भनेको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलज्यूले
स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट राजीनामा दिनुभएको जानकारी गराउँदछौँ।’
यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारी र खेलकुदमन्त्री तेजुलाल चौधरीले राजीनामा दिएका थिए।
जेनजी आन्दोलनमा सोमबार सरकारको बर्बर दमनबाट १९ युवाको ज्यान गएपछि उनीहरूले राजीनामा दिएका हुन्।
यसअघि घटना भएकै दिन सोमबार साँझ गृहमन्त्री रमेश लेखकले पनि राजीनामा दिइसकेका छन्।
अहिलेसम्म राजीनामा दिएका सबै मन्त्री कांग्रेसतर्फका हुन्।


