CLI

आन्दाेलनकारीलाई संयमता अपनाउन बालेकाे आग्रह

काठमाडौ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौँसहित देशभर भइरहेको प्रदर्शनमा सहभागीहरूलाई संयमित हुन आग्रह गरेका छन्।

उनले यो आन्दोलन जेनजीको हो भन्दै भनेका छन्, ‘प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला। देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो।’

उनले देशको नेतृत्व अब जेनजीको पुस्ताले नेतृत्व गर्नुपर्ने भन्दै यसका लागि तयार हुन पनि भनेका छन्।

साथै उनले जेनजीले सेनासँग बार्ता गर्नु अघि संसद बिघटनलाई पुर्वसर्त राखेका छन् ।

बालेनलाई प्रधानमन्त्री बनाउने पर्ने भन्दै नागरिक स्तरमा आवाज उठ्न सुरू गरेकाे छ ।

Leave Your Comment

Related News