काठमाडौं । विशेष अदालत काठमाडौँमा पनि आगजनी भएको छ । जेन जेडहरूले अदालतका दस्तावेज र कागजहरू सडकमा फालेर त्यहीँ आगजनी गरेका छन् ।
त्यस्तै, अदालत परिसरमा रहेका सवारीसाधनहरूमा पनि आगजनी गरिएको छ ।
उग्र प्रदर्शनमा उत्रिएका जेन जेडहरूले यसअघि सिंहदरबारपछि सर्वोच्च अदालतमा समेत आगजनी गरेका थिए ।
उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवनलगायत स्थानमा तोडफोड र आगजनी गरिरहेका छन् ।
अहिले पनि उनीहरू सरकारी कार्यालय तथा अन्य भवनहरू खोज्दै जलाउँदै हिँडेका छन् ।


