काठमाडौं । आज राति १० बजेबाट सेना खटिने भएको छ। परिस्थिति नियन्त्रणमा लिन सेना खटिने भएकाे हाे।
हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको भन्दै सेना खटिन लागेको हो।
सैनिक मुख्यालयले विज्ञप्ति जारी गरी सर्वसाधारण तथा नागरिकको सम्पत्तिमा क्षति नपुर्याउन आग्रह पनि गरेको छ।



