काठमाडौं । आज (बिहीबार) अर्थात, भदौ २६ गतेपनि सेयर कारोबार नहुने भएको छ । नेप्सेले सूचना जारी गर्दै बुधबार र बिहीबार कारोबार नहुने जनाएको थियो । त्यसैले सेयर बजारमा बन्द हुने भएको हो । ‘हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगन गर्न अनुरोध भएकाले सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको छ”, नेप्सेले जनाएको छ ।
आज पनि सेयर कारोबार नहुने

