CLI

जेन–जी अभियन्ता र कानुन व्यवसायी लिएर सुशीला कार्की शीतल निवास प्रवेश

काठमाडौं । नयाँ सरकार गठनको सम्भावनाबारे छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा एक टोली शुक्रबार शीतल निवास पुगेको छ।

छलफलमा जेन–जी आन्दोलनसँग आबद्ध अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि सहभागी भएको स्रोतले जनाएको छ।

नयाँ सरकारको नेतृत्वका लागि कार्कीको नाममा प्रारम्भिक सहमति बने पनि संसद् विघटनबारे भने अझै स्पष्ट निर्णयमा पुग्न नसकिएको बताइएको छ। दुवै पक्ष आ–आफ्नो अडानमै अडिग रहेकाले वार्ता निष्कर्षमा पुग्न समय लाग्ने देखिन्छ।

 

Leave Your Comment

Related News