जुन संस्थाले शासन चलाएको छ त्यही जलाईएको छ – प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं ।नव नियुक्त प्रधानमन्त्री सुसिला कार्कीले  यो आन्दोलनमा  भौतिक सम्पतिको मुलुकका जुन जुन संस्था आबश्यकता थियो त्यहा त्यहा छानि छानि आक्रमण गरेको छ । उनले जुन संस्था जसले शाषन चलाएको छ त्यो संस्थामा आगो लगाएको छ, नेपालीले उक्त काम गरेको हो भने त्यस्तालई नेपाली कसरी भन्ने  ? भनि प्रश्न समेत गरेकी छिन् । यो सम्बनधमा अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउने बताएकी  छन् । उनले भौतिक संरचना बनाउन सकिने रहेछ सम्पुर्ण रेकर्ड जलेकोले ठुलो समस्या परेको बताएकी छन । उनले आज प्रधानमन्त्रीको पदभार ग्रहणको क्रममा सो कुरा बताएकी हुन्।

उनले आफुले शासन बागडोर सम्हालु्नको कारण ६ महिना भित्र आफनो कार्यभार पुरा गरेर मुक्त हुनको लागि बताइन् । यसको लागि आफ्नो टिमले लगातार काम गरिरहेको र यो कार्यभार पुरा गर्न सबैको साथ र सहायोगको अपेक्षा गरेकी छु । उनले भनिन्  “यो कार्यभार पुरा गर्न तपाईहरुको साथ नभइ सम्भब छैन ।“ आफैले किन आफ्नै सामाग्री तयार किन नगर्ने नेपालीमा कति क्षमता रहेछ उनले भनिन् ।

साथै उनले २३ गते प्रर्दशनको क्रममा मृत्यु भएका  प्रति मृतकको परिवारलाई १० लाख क्षतिपुर्ति दिने  र घाइतेको उपाचार प्रवन्ध सरकारले गर्ने समेत बताइन । उनले थप कुनै मृतकको शव काठमान्डौ बाहिर लागु पर्ने भएमा राज्यले सहजिकरण गर्ने समेत बताइन् ।

उनले यो संकटमा व्यवसायीले देखाएको आत्मबलको प्रशंसा गर्दै राज्यले सबै व्यवसायीलाई सकेको सहयोग गर्ने बताएकी छन।

नव नियुक्त प्रधानमन्त्री कार्कीले २ दिनको आन्दोलनले ल्याएको परिवर्तन विश्व मा पहिलो हुन सक्ने बताएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार