काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो बीमाशुल्क भुक्तानी ई सेवा र खल्ती मार्फत गर्ने ग्राहकहरूका लागि क्यासब्याक अफर ल्याएको छ । कम्पनीले जनाएको अनुसार बीमालेख नवीकरण मिति अगावै वा नवीकरण मितिपछि ७ दिनभित्र प्रिमियम तिर्ने ग्राहकले बीमाशुल्कको ०.५ प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
यो अफर असोज १ देखि मंसिर २९ गतेसम्म लागू हुने छ । कम्पनीका अनुसार यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै बीमा सेवा अझ सहज, सुरक्षित र ग्राहकमैत्री बन्ने अपेक्षा गरिएको छ । थप जानकारीका लागि ९८०१२३४४४४ वा ०१-४५३६१२६/२७/२८ मा सम्पर्क गर्न सकिने बिमाले जनाएको छ ।

