काठमाडौं । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनले असोज १ गते राजीनामा दिएपछि बसेको सञ्चालक समिति बैठकले राजीनामा स्वीकृत गरेको हो । न्यौपाने बाहिरिएसँगै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी हाललाई डेपुटी सीईओ सन्तोष कुमार राठीलाई दिइएको छ ।
रोशन कुमार न्यौपानेले दिए एनआईसी एसिया बैंकको सीईओ पदबाट राजीनामा

