नेप्सेमा साल्ट ट्रेडिङको ४ लाख बोनस सेयर सूचीकृत

काठमाडौं । सरकारी स्वामित्वको साल्ट ट्रोडिङ कर्पोरेशन लिमिटेडले आफना सेयर धनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । यो सँगै लिमिटेडले १५ प्रतिशत अर्थात् ४ लाख १८ हजार ३ सय २६ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकत गरेको छ ।

२०८० फागुन ३० गते बुधबार बसेको सञ्चालक समितिको १०५४ औं बैठकले बोनस सेयर दिने निर्णय गरेको थियो । बैठकले चुक्ता पूँजीको १५ प्रतिशत हुने रकम ४ करोड १८ लाख ३२ हजार ६ सय ६४ रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको थियो । कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार