काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनक मूल्यमा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा ६० रुपैयाँले बढेको छ । शुक्रबार चाँदी तोलाको २ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबार बढ्यो सुनको मूल्य

