विकास बैैंकहरुको खराब कर्जा ४ प्रतिशत पुग्यो

काठमाडौं । विकास बैंकहरुको खराब कर्जा करिब ४ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा १७ वटा विकास बैंकहरुको खराब कर्जा ३.६३ प्रतिशत अर्थात् १८ अर्ब १० करोड ६० लाख रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा विकास बैंकहरुको निक्षेप संकलन ५ खर्ब ९५ अर्ब २५ करोड रुपैयाँ र कर्जा प्रवाह ४ खर्ब ९८ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा १७ वटा विकास बैंकहरु मध्ये सबैभन्दा बढी खराब कर्जा ग्रीन डेभलपमेन्ट बैंक, ज्योतिक विकास बैंक, कर्णाली विकास बैंक, र कर्पोरेट विकास बैंक लगायतको रहेको छ । समीक्षा अवधिमा बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुरुप ग्रीन डेभलपमेन्ट बैंकको ५.८६ प्रतिशत, ज्याति विकास बैंकको ४.९७ प्रतिशत, कर्णाली विकास बैंकको ४.९६ प्रतिशत, कर्पोरेट विकास बैंकको ४.९५ प्रतिशत, साइन रेसुँगा डेभलप्मेन्ट बैंक ३.४१ प्रतिशत खराब कर्जा रहेको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकको ४.१६ प्रतिशत, सिन्धु विकास बैंकको ३.६५ प्रतिशत, कामना सेवा विकास बैंकको ३.५५ प्रतिशत,
नारायणी डेभलपमेन्ट बैंकको ३.७७ प्रतिशत ,मुक्तिनाथ विकास बैंकको २.०२ प्रतिशत, लुम्बिनी विकास बैंकको ३.६९ प्रतिशत, सांग्रीला डेभलपमेन्ट बैंकको ३.८४ प्रतिशत, गरिमा विकास बैंकको २.९७ प्रतिशत खराब कर्जा रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० को सोहि अवधिमा ग्रीन डेभलपमेन्ट बैंकको ४.९८ प्रतिशत, ज्याति विकास बैंकको ३.८९ प्रतिशत, कर्णाली विकास बैंकको ३.२६ प्रतिशत, कर्पोरेट विकास बैंकको ४.१८ प्रतिशत, साइन रेसुँगा डेभलप्मेन्ट बैंक २.११ प्रतिशत खराब कर्जा रहेको थियो । त्यस्तै, महालक्ष्मी विकास बैंकको ४.६२ प्रतिशत, सिन्धु विकास बैंकको ४.२७ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको  ४.८१ प्रतिशत,कामना सेवा विकास बैंकको ३.२७ प्रतिशत, मुक्तिनाथ विकास बैंकको १.९० प्रतिशत, लुम्बिनी विकास बैंकको ३.७६ प्रतिशत, सांग्रीला डेभलपमेन्ट बैंकको ३.५५ प्रतिशत, गरिमा विकास बैंकको २.९५ प्रतिशत खराब कर्जा रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सम्पूर्ण बैंकहरुको खराब कर्जा भने वृद्धि नभएको देखिन्छ ,यसो हुनुमा खराब कर्जा व्यवस्थापनमा ध्यान दिएका बैंकहरुले यसलाई कमी गर्दै लगेका हुन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार