काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । यसदिन युनिभर्सल पावर र कामना सेवा विकास बैंकको सेयर मूलय समायोजन भएको नेप्सेले जनाएको छ ।
कामना सेवाको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । कम्पनीको मंगलबार अन्तिम कारोबार मूल्य ५२५.५० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४७७.७३ रुपैयाँ कायम भएको छ ।
यता, युनिभर्सल पावर कम्पनीको ९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको मंगलबार अन्तिम कारोबार मूल्य ४१४.५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
समायोजन पश्चात सेयर भाउ ३८०.२८ रुपैयाँ कायम भएको छ । सोही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।

