विशेष पस्थिति भन्दै नेपाल टेलिकमले स्थगित गर्यो ३ अर्बको विवादित ठेक्कारि

काठमाडौं । नेपाल टेलिकमले विशेष परिस्थिति भन्दै बिलिङ मेशिनको ठेक्कासम्बन्धी खोल्न लागेको आर्थिक प्रस्ताव स्थगित गरेको छ ।

टेलिकमले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै अर्को सूचना नआउँदासम्म उक्त प्रक्रिया स्थगित गरिएको जानकारी दिएको हो ।

‘हालको विशेष परिस्थितिका कारण आर्थिक प्रस्ताव खोल्ने कार्य स्थगित गरिएको छ । आर्थिक प्रस्ताव खोल्ने नयाँ मिति, समय र स्थानसम्बन्धी जानकारी सबै बोलपत्रदाताहरूलाई आधिकारिक सूचनामार्फत पछि प्रदान गरिनेछ,’ टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।

सर्वोच्च अदालतको आदेशविपरीत नेपाल टेलिकमले स्वार्थ बाझिने संस्था हुवावेलाई ३ अर्ब रुपैयाँको ठेक्का दिन लागेको थियो ।

गत भदौ ३० गते नै टेलिकमले उक्त कम्पनीको आर्थिक प्रस्ताव खोलेर सम्झौता गर्ने भनेर सूचना प्रकाशन गरेको थियो ।

टेलिकमले गत भदौ ३० गते गोरखापत्रमा उक्त सूचना प्रकाशन गरेर वित्तीय प्रस्तावको खोल्ने मिति असोज ८ गतेका लागि सारेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार