मुक्तिनाथ विकास बैंकको साधारण सभा कात्तिक १५ गते, बुक क्लोज कहिले ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा कात्तिक १५ गते होटल ग्राण्ड पार्दी, बिरौटा, पोखरामा बिहान १० बजे शुरु हुनेछ । बैंकले सभामा १३.५३ प्रतिशत बोनस र ४.६७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार