काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यले यसभन्दा पहिलेको दुई लाख २३ हजार रुपैयाँको उचाई ब्रेक गरेर आज नयाँ उचाई बनाएको हो । गत शुक्रबारको बजारमा छापावाला सुनको मूल्य प्रतितोला दुई लाख २२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको ७० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । आईतबारको बजारमा चाँदी तोलाको २ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी दुई हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

