काठमाडौं । कुमारी बैंक लिमिटेडको १६,८३० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । संस्थापक शेयर खरिद गर्न चाहने बिध्यमान संस्थापक शेयरधनीले आजको मितिले ३५ (पैतिस) दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं – १ नक्साल, नागपोखरी तथा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौँ, टंगालमा आवेदन दिने भनेको छ ।
संस्थापक शेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुने बैङ्कले जनाएको छ । संस्थापक शेयर खरिद गर्न विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा जो सुकै ब्यक्ति वा संस्थालाई शेयर बिक्रीको प्रक्रिया अगाडि बढाउने बैङ्कले जनाएको छ ।