नरेन्द्र मोदीलाई बहुमत पुर्याउन गठबन्धनको भर

काठमाडौं ।भारतको लोकसभा निर्बाचनको मतगणना पश्चात  अन्तिम मतपरिणाम आएको छ । मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू गरेको थियो  बुधबार बिहान ५४३ वटै क्षेत्रको मत परिणाम आएको हो  ।यो पटक भाजपा एनडिए र कंग्रेस आई इन्डिया गठबन्धनबाट चुनाब लडेका थिए ।

यो पटक चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ४ सय सिट जितेर पुन सरकार चलाउने दाबी गर्दै आएको थिए उनको चुनाबी क्याम्पियन पनि सोहि बमिजिम थियो   ।  भारतमा निर्बाचन अघि र निर्बाचन वरीपरी भएका एक्जिट पोलहरूले पनि मोदी नेतृत्वको गठबन्धनले चार सय हाराहारीमा सिट ल्याउने दाबी गरेका थिए । भारतिय लोससभा निबाचनमा ५४३ क्षेत्रको अन्तिम मतपरिणाम आँउदा एनडिए गठबन्धनले २९५ र इन्डिया गठबन्धनले २३१ सिट सिटमा जित निकालेका छन्  ।

२०१९ को लोससभा निर्बाचनमा एनडिए गठबन्धनले  ३५२ मा जित निकाल्दा  भाजपाले एकल रुपमा  ३०३ क्षेत्रमा जित निकालेको थियो । यो पटक  भाजपाको एकल सिट ६३ गुमाएको छ  ।

कांग्रेस भने यो पटक आफ्नो सिट संख्या थपेको छ । अघिल्लो निर्बाचनमा  उसले ५२ सिटमात्रै ल्याएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार