आज घट्यो सुनको मुल्य

काठमाडौं । आज बुधबार सुनचाँदीको मुल्य घटेको छ । हिजो मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा थियो । आज हिजोको मुल्यमा प्रतितोला ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा रहेको छ ।

हिजोको मुल्यमा  आज तेजावी सुनको मुल्यपनि प्रतिततोला  पनि २ सय रुपैयाँले घटेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य भने ३५ रुपैयाँले घटेको छ । आज चाँदीको मुल्य प्रति तोला  १ हजार ८२५ रुपैयाँमा रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २१ हजार ९१५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २१ हजार ३१५ रुपैयाँ र चाँदीको मूल्य प्रति १० ग्राम १ हजार ५६० रुपैयाँ कायम गरेको छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार